प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी

काठमाडौँ, २० जेठ : प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको प्रतियोगिताको चौथो संस्करणको खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० तथा गण्डकीले प्रदेश नं ३ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले प्रदेश १ लाई २५–२०, २५–१२ र २५–१७ अङ्कले तथा गण्डकीले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ अङ्कले पराजित गरेको हो ।

पहिलो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तथा गण्डकीले प्रदेश ५ लाई हराएको हो । आज भएका अन्य खेलमा एपिएफले प्रदेश नं २ लाई २५–१९, २५–१४ र २५–१४ अङ्कले पराजित ग¥यो । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१५, २५–२१ र २५–१५ अङ्कले पराजित ग¥यो । नेपाली सेनाको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।(रासस)