विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा खनाल विजयी

नुवाकोट, २० जेठ : विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा नारायणबहादुर खनाल विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार खनालको प्यानल विजयी भएको हो । अध्यक्षमा खनालले ७६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र अर्यालले ६३७ मत प्राप्त गर्नुभयो । संस्थाको सातौँ अधिवेशनबाट खनाल लगातार तेस्रो पटक विजयी हुनुभएको हो । उपाध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ, सचिवमा रघुनाथ रिमाल र कोषाध्यक्षमा बच्चुमाया सुनारीमगर विजयी हुनुभएको छ । सदस्यहरुमा क्रमशः जगतकुमारी गिरी, रविता भट्ट, राजेन्द्र पाण्डे, मुनिराज गजुरेल र लवप्रसाद न्यौपाने विजयी हुनुभएको छ ।(रासस)