स्थानीय युवाहरुबाट अर्बुद रोग पीडितलाई आर्थिक सहयोग

घोराही, २० जेठ : घोराही उपमहानगरपालिका–१९ सैघा बोल्दी निवासी अर्बुद रोग पीडित भेषकली रागु मगरलाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट चन्दा उठाएर पीडित मगरलाई रु एक लाख ५६ हजार ३६२ प्रदान गरेका हुन् । वडा नं १८ निवासी ज्ञानबहादुर रायमाझीको पहलमा सङ्कलन गरिएको रकम सहयोग गरिएको छ । पीडितको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन सहयोग सङकलन गरिएको रायमाझीले जानकारी दिनुभयो । यस अभियानमा देशभित्र तथा रोजगारीका लागि विदेश गएका नेपालीबाट समेत सहयोग आएको उहाँले बताउनुभयो । मगर विगत छ महीनादेखि अर्बुद रोगबाट पीडित हुनुहुन्छ । उहाँको हाल चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।(रासस)